Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • डेंगु नियन्त्रण गर्न ‘लार्भा खोज र नष्ट गर’ अभियान तीव्र : स्वास्थ्य मन्त्रालय

    डेंगु नियन्त्रण गर्न ‘लार्भा खोज र नष्ट गर’ अभियान तीव्र : स्वास्थ्य मन्त्रालय

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 939
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान तीव्र बनाएको छ।

    मन्त्रालयले नेपालमा हाल देखा परेको डेंगु रोगको प्रकोपलाई नियन्त्रण गर्न प्रतिकार्य योजना बनाइ अघि बढेको जनाएको छ ।



    डेंगुको नियन्त्रणका लागि विशेषज्ञसँग नियमित छलफल, परामर्श, छलफल र समन्वयात्मक काम भइरहेको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।



    अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै बिहान र बेलुकीको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टे टोकाइबाट डेंगु रोग सर्ने भएकाले आफ्नो वरिपरिको वातावरण सफा राख्न, कार्यालय समयमा बाहुला भएको पोसाक लगाउन सुझाव दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार