Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यू–१५ महिला टोलीको गोलकिपर प्रशिक्षकमा चौधरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१५ राष्ट्रिय महिला टोलीको गोलकिपर प्रशिक्षकमा चन्नुराम चौधरीलाई नियुक्त गरेको छ ।

चौधरीलाई एन्फाका महासचिव किरण राईले आइतबार नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

आगामी नोभेम्बर १ देखि १२ सम्म बंगलादेशमा हुने साफ यू–१५ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय यू–१५ महिला टोलीको छनोट अहिले एन्फा कम्प्लेक्समा भइरहेको छ ।

एन्फाले यसअघि नै भगवती रानामगरलाई मुख्य प्रशिक्षक र मंगल महर्जनलाई सहायक प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077