Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्राफिक नियम उल्लंघन गर्ने ३,२३४ सवारी चालकमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २३४ जना चालकलाई कारबाही गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा गरी २४ घण्टामा ट्राफिकले ३ हजार २३४ जना चालकलाई कारबाही गरेको हो ।

फुटपाथमा पार्किङ गर्ने २५५, मदिरा पिएर सवारी साधन चलाउने १३०, हर्नको अनावश्यक प्रयोग गर्ने १४७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३०, तीव्र गतिमा सवारी साधन चलाउने १०१ सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ढोका खुल्लै राखेर सवारी चलाउने ९९, अवस्था ठिक नभएका सवारी साधन चलाउने ८५, लेन नियम उल्लङ्घन गर्ने ७९, रातो बत्तीको उल्लङ्घन गर्ने ५९, क्षमता भन्दा बढी यात्रु राख्ने ३४ तथा अन्य नियम उल्लघंन गर्ने चालकहलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077