Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुला बाढी : महाकालीमा बेपत्ता १० जना अझै भेटिएनन्

दार्चुला । शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोसँगै बेपत्ता भएका महाकाली नगरपालिकाका १० जना अझँ भेटिएका छैनन् ।

महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने १० बेपत्ता छन् ।

बेपत्ता हुनेमा महाकाली नगरपालिका–३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, वडा नम्बर ४ का सरस्वती लुहार, मोहन लुहार, वडा नम्बर २ का मानमति शाहु, वडा नम्बर १ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनीहरुलाई महाकाली नदी किनार नजिकका प्रहरी युनिट परिचालन गरी खोजी भइरहेको छ । राहत र उद्धारको काम सँगसँगै अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077