Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पूरा बाहुला भएको पोशाक लगाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

    पूरा बाहुला भएको पोशाक लगाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 951
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमणको जोखिम कम गर्न कर्मचारीलाई विशेष अनुरोध गरेको छ।

    मन्त्रालयका सह-प्रवक्ता डा समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन अनुरोध गरिएको छ।



    प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने भएकोले यसको टोकाईबाट बच्नु नै उत्तम उपाय हुने मन्त्रालयले जनाएको छ।



    डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तिब्र बनाइएको भन्दै मन्त्रालयले डेंगु रोगको बारेमा सन्देशमुलक सूचना सामाग्रीको प्रकाशन र प्रसारण भइरहेको र डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु गरिएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार