Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने

    डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ ।  चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् ।

    चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ ।



    सत्याग्रह सुरु गर्न डा. केसी धनगढी पुगेका छन् ।



    यस्ता छन् मागहरु

    स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्।

    -जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरियोस्।

    – संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्।

    -सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस्।

    -स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्।

    -देशभर दिगो स्वास्थ्य सेवा पुर्‍याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार