Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेयर बजार निरन्तर ओरालोतर्फ, साताको दोश्रो कारोबारमा पनि गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोश्रो कारोबारमा पनि घटेको छ। सोमबार सेयर बजार परिसूचक १३.५९ अंकले घटेको हो ।

साताको सुरुवातमा ११.४७ अंकले घटेको बजार दोश्रो दिन पनि ओरालो लाग्दै परिसूचक १९१२.६९ मा झरेको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.३९ अंक घटेर ३७२.३४ मा झरेको छ।

आइतबार ७४ करोड ७२ लाखको कारोबार भएको बजारमा सोमबार केही बढ्दै ८३ करोड १६ लाख ३ हजार ६ सय ५१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै २६ लाख १३ हजार ५ सय ४० कित्ता सेयर २० हजार ५ सय ५८ पटकमा खरिद बिक्री भएको छ।

उप-समूहतर्फ म्युचुअल फण्ड सामान्य अंकले बढ्दा बाँकी १२ समूहको सेयर मूल्य घटेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077