Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

असोज १ देखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी

काठमाडौं । दशैं नजिकिँदै गर्दा व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी देशभरका पेट्रोलियम डिपोहरुमा असोज १ गतेबाट लोड अनलोड नगर्ने चेतावनी दिएको हो ।

यस्तै, महासंघले भदौ २९ गतेबाट अमलेखगन्ज डिपोबाट अन्यन्त्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ नगर्ने जनाएको छ।

विभिन्न माग राखी आन्दोलनरत व्यवसायीहरुले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ नलिने भदौ २४ को निर्णय माग पुरा नभएसम्म निरन्तर कायम राख्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077