Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • काठमाडौंको सडकमा सास्ती नै सास्ती

    काठमाडौंको सडकमा सास्ती नै सास्ती

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 810
    SHARES

    काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु हाल चारदिने औपचारिक नेपाल भ्रमणमा छन् । उनको सवारीका कारण उपत्यकाको यातायात अस्तव्यस्त छ ।

    भीआईपीको सवारीका समय सुरक्षा व्यवस्था मजबुत बनाउन ट्राफिक प्रहरी बाटो बन्द गर्न बाध्य छ । बाटै रोकेर भीआईपीको सवारी गराउँदा सम्बन्धित ठाउँको मात्र नभएर अन्यत्रसमेत लामो समय ट्राफिक जाम हुने गरेको छ ।



    ट्राफिक प्रहरीले भीआईपीको सवारीका समय विकल्प खोज्न सर्वसाधारणलाई अनुरोध गर्ने गरेको छ । तर, सरकारले वैकल्पिक बाटो निर्माणमा चासो नदिँदा सर्वसाधारण मारमा पर्ने गरेका छन् ।



    चान्सु हाल पाँचतारे होटल सोल्टीमा बसेका छन् । उनको सवारी क्रममा कलंकी, बल्खुलगायत रिङरोडमै सार्वजनिक सवारी साधन रोकिने गरेको छ । मुख्य सडकमा यातायात आवतजावत रोकिँदा वैकल्पिक व्यवस्था नै छैन ।

    सरकारले नदी कोरिडोरका सडक विस्तार, मर्मतसम्भारमा चासो नदिँदा वैकल्पिक सडक ओझेलमा छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार