Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ग्वार्कोमा फ्लाइ ओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम

    ग्वार्कोमा फ्लाइ ओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ ।

    शुक्रबारबाट फ्लाइ ओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो ।



    सो फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य रहेको छ । आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले फ्लाइ ओभरको डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको जनाएको छ ।



    चक्रपथ विस्तार आयोजनाअन्तर्गत बिस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ । जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो ।

    ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ । कुल ४ सय ५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिनेछ ।

    कोटेश्वरबाट सात दोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुवाहक, माहलवाहक तथा दुई पाँग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारी साधनलाई फास्ट ट्याकबाट सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार