Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डेंगु रोकथाममा स्वास्थ्य मन्त्रालयको भूमिका प्रभावकारी भएन : प्रेम सुवाल

काठमाडौं ।सांसद प्रेम सुवालले डेंगु रोकथाममा स्वास्थ्य मन्त्रालयको भूमिका प्रभावकारी नभएको बताएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले डेंगुबाट जनता पीडित भइरहेको बेलामा पनि स्वास्थ्य मन्त्रालयले प्रभावकारी भूमिका नखेलेको आरोप लगाएका हुन् ।

उनले भने, 'कोरोनापछि डेंगु रोगले जनता पीडित छन् । अस्पतालमा शैया अभाव छ । यो त महामारीको रुपमा फैलिदैछ ।

स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो । स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन । जनताको मृत्यु भइरहेको छ । स्वास्थ्य मन्त्रीलाई बोल्न समय दिइयोस् ।’

पछिल्लो समय डेंगु संक्रमण बढ्दो छ। हालसम्म ९ हजार बढी मानिस संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077