Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दार्चुला बाढीपहिरो अपडेट : बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजी जारी

दार्चुला । गत शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ। घटना भएको छ दिनसम्म पनि बाढी र पहिरोमा परी बेपत्ता भएकाहरू फेला परेका छैनन्।

बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

शुक्रबार रातिको अविरल वर्षाले महाकाली नगरपालिका–३ मा रहेको दशरथ आधारभूत विद्यालयमा पूर्ण क्षति पुर्‍याएको थियो।लास्को खोलाको बाढीले डुङ्री विद्युत्को पावर हाउस, दुई झोलुङ्गे पुल र एक मोटरेबल पुल बगाएको थियो।

बङ्गाबगरस्थित पार्किङमा राखेका जीप छ, कार एक, ट्र्याक्टर एक, जेसिबी एक गरी जम्मा नौ वटा सवारीसाधन हराएका थिए। त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको थियो भने नौ वटा घरमा आंशिक क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077