Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको कार दुर्घटना

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार दुर्घटनाग्रस्त भएको छ ।

सरकारका एक प्रवक्ताले संक्षिप्त बयानमा जनाएअनुसार राष्ट्रपति जेलेन्स्कीको कारसँग एउटा निजी कार ठोक्किएको हो ।

राष्ट्रपति जेलेन्स्कीको कारसँग ठोक्किएको निजी कारका मालिक भने घाइते भएका छन् ।

उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अधिकारीहरुले दुर्घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077