Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अवैध संरचना हटाउन महानगरको डोजर टुकुचामा

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार टुकुचा क्षेत्रका अवैध संरचना हटाउन थालेको छ।

टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न १५ फिट खन्दा हल परिसरमा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।

यसअघि देखि नै स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए ।

केही दिनअघि सूचना जारी गर्दै हटाउन निर्देशन दिएको महानगरले आज उक्त क्षेत्रको अवैध संरचना हटाउन थालेको हो।

अवैध रूपमा अर्थात् नक्सा विपरीत बनेका संरचना हटाउने अभियान अगाडि बढाएको छ। यसअघि महानगर क्षेत्रका ३९ स्थानका अवैध संरचना हटाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077