Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शुक्रबारदेखि निःशुल्क ई–सिम वितरण गर्दै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई ई–सिम वितरण गर्ने भएको छ ।

नेपाल टेलिकमले भोलिदेखि दूरसञ्चार कार्यालय सुन्धारा काउन्टरबाट आफ्ना ग्राहकहरूलाई निःशुल्क ई–सिम वितरण गर्न लागेको हो ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ(सिममा परिवर्तन गर्न सकिने छ।

'हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छैन,' नेपाल टेलिकमको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077