Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोक्न बालेनसँग बाबुरामको माग

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन् ।

शुक्रबार बिहान समाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले बालेनसँग यस्तो माग गरेका हुन् ।

पछिल्लो समय मेयर शाहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै भट्टराईले स्वरोजगार श्रमिकको बाध्यता बुझ्न बालेनलाई आग्रह गरे ।

‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। अतः निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ,' उनले सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077