Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठममाडौं । सरकारले भोलि असोज १ गते राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसदको ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि आज शुक्रबार प्रतिनिधिसभाबाट तीन विधेयक स्वीकृत भएका थिए।  यसअघि राजनीतिक दलहरुबीच संसदको कार्यकालबारे विवाद हुदै आएको थियो ।

सत्तापक्षले अर्को निर्वाचन भएर निर्वाचित संसदको पहिलो बैठक नबस्दा सम्म यही संसदको कार्यकाल रहने पक्षमा वकालत गर्दै आएको थियो भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा अघिल्लो दिन नै कार्यकाल सकिनुपर्ने बताउदै आएको थियो ।

यसबारे सरकारले कानुन संशोधन गर्न संसदमा विधेयक लगेपछि प्रतिपक्ष दल र नागरिकस्तरबाट समेत विरोध भएपछि सरकार यही असोज १ गते संसदको कार्यकाल तोक्न बाध्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077