Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जजिराले सुरु गर्‍यो भैरहवाबाट कुवेतको दैनिक उडान

    जजिराले सुरु गर्‍यो भैरहवाबाट कुवेतको दैनिक उडान

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 750
    SHARES

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तराष्ट्रिय उडान सुरु भएको छ । साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा–कुवेत दैनिक उडान सुरु गरेको हो ।

    यात्रुहरूको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको पाएपछि नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सले जनाएको छ ।



    यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान जजिराले जेठ २ बाट गर्दै आएको छ । कुवेतबाट जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले १७४ यात्रु लिएर अवतरण गरेको थियो ।



    जजिरा एयरलाइन्सले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीनवटा उडान गर्दै आएको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि जजिरा एयरले मात्रै व्यवसायिक उडान नियमित रुपमा गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार