Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तीनकुनेको समस्या किन समाधान भएन ?

    राष्ट्रपति भण्डारी र माधवलाई बालेन्द्रको प्रश्न – कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?

    राष्ट्रपति भण्डारी र माधवलाई बालेन्द्रको प्रश्न – कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 2.4K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अब कुन मुख देखाएर जनतामाझ भोट माग्न जानु हुन्छ भन्दै प्रश्न गरेका छन् ।

    काठमाडौंको तीनकुनेको समस्या किन समाधान नभएको भन्दै उनले राष्ट्रपति भण्डारी र नेपाललाई प्रश्न गरेका हुन् ।



    शनिबार साँझ सामाजिक सञ्जालमा तस्विरसहित एक सन्देश लेख्दै बालेनले ५० वर्षदेखिको तीनकुनेको जग्गाको समस्याका सन्दर्भमा आफैंले किन समाधान नगरेको भन्दै प्रश्न गरे ।



    बालेनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आदरणीय माधव नेपालज्यु तथा सम्माननीय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन। अब कुन मुख देखाएर जनतामाझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो। समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार