Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जापानमा ठूलो आँधीको चेतावनी, सुरक्षित ठाउँमा जान आग्रह

    जापानमा ठूलो आँधीको चेतावनी, सुरक्षित ठाउँमा जान आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 831
    SHARES

    एजेन्सी । जापानमा ठूलो आँधीको चेतावनी जारी गरिएको छ । ‘नानमाडोल’ नामक आँधी जापानतर्फ बढेको छ । त्यहाँको मौसम विभागले झण्डै २० लाख मानिसलाई सुरक्षित ठाउँमा सार्न भनेको छ ।

    विशेष गरी जापानको कागोशीमा, कुमामोटोट र मियाजाकिका नागरिक जोखिममा पर्ने पूर्वानुमान छ । ती जोखिम क्षेत्र खाली गर्न अपिल गरिएको बीबीसीले जनाएको छ ।



    प्रतिघण्टा २ सय ७० किलोमिटरको दरले आउन सक्ने आँधी कागोशीमा हुँदै जापानको मुख्य टापुसम्म पुग्न सक्ने अनुमान छ । साथै भारी वर्षाको सम्भावना पनि छ ।



    आँधीले घरहरु भत्कन सक्ने र वर्षाका कारण बाढीरपहिरो निम्त्याउन सक्ने पूर्वानुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार