Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विमलेन्द्र निधि कांग्रेसबाट समानुपातिक उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई मधेसी कोटाबाट समानुपातिक सूचीमा राखिएको छ।

उनले सुरुवातदेखि नै समानुपातिक सूचीमा बस्ने इच्छा राखेका थिए सोही अनुसार सूचीमा राखिएको कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले जानकारी दिए।

बैठकमा प्रत्येक प्रदेशलाई ४० जनाको 'सर्टलिस्ट' तयार गर्न भनिएको छ। जसअनुसार मधेस प्रदेशले ४० जनाकै नाम टुंगो लगाएको सभापति यादवले जानकारी बताए।

निधि २०७४ को निर्वाचनमा धनुषा- ३ बाट पराजित भएका थिए।

नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची टुंग्याउने अन्तिम कसरत गरिरहेको छ। त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077