काठमाडौं । नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची पेस गरेको छ।
समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको हो।
प्रतिनिधिसभाका लागि खस आर्यतर्फ पार्टी उपाध्यक्ष प्रमेश हमाल, बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल,
मधेस प्रदेशका अध्यक्ष रामचन्द्र यादव, आदिवासीतर्फ पार्टी उपमहाचिव गंगालाल तुलाधर र दलितर्फ पोलिटव्युरो सदस्य गणेश विकको नाम सिफारिस गरेको छ।
अहिलेसम्म २८ दलले बन्दसूची पेस गरेका छन्।