Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जापानमा नानमाडोल आँधी : २ जनाको मृत्यु, ९० लाख मानिसलाई घर छोड्न आदेश

    जापानमा नानमाडोल आँधी : २ जनाको मृत्यु, ९० लाख मानिसलाई घर छोड्न आदेश

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 897
    SHARES

    एजेन्सी । जपानले अहिलेसम्मकै सबैभन्दा डरलाग्दो र खतरनाक सामुद्रिक आँधीको सामना गर्ने क्रममा करिब नब्बे लाख मानिसलाई आफ्ना घर छाडेर सुरक्षित गन्तव्यतर्फ जान सरकारले आह्वान गरेको छ ।

    ‘नान्मादोल’ नामक यस आँधीको कारण २ जनाको ज्यान जानुका साथै अन्य ९० जना घाइते भएका छन् ।



    जापानको सुदूर दक्षिणी टापु क्युसुमा आइतबार बिहानबाट आँधी चलेको थियो । केही दिनभित्रै यो आँधी होन्सुको मुख्य टापुमा पुग्ने जलवायु विज्ञान विभागले भविष्यवाणी गरेको छ ।



    आइतबार दशौँ हजार व्यक्तिले आपत्कालीन शिविरमा रात काटेका थिए । आँधीकै कारण ३ लाख ५० हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार