Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रवीन्द्र मिश्रको 'विचारभन्दा माथि देश' सार्वजनिक

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ ।

पुस्तक लोकार्पण गर्न प्रकाशक संस्था फाइन प्रिन्टले आज सोमवार आयोजना गरेको कार्यक्रममा सबैभन्दा पहिले पुग्ने १० जना व्यक्तिसँगै पूर्व उपप्रधानमन्त्री एवम् वामपन्थी नेता सीपी मैनाली, पूर्वमन्त्री एवम् जलस्रोतविद् दीपक ज्ञवालीलगायते पुस्तक लोकार्पण गरेका हुन् ।

एक सय ९१ पृष्ठको पुस्तकको बिक्रीबाट आउने आम्दानी राजनीतिक सुधार अभियानमा लगाइने जनाइएको छ ।

प्रतिनिधि सभा एवम् प्रदेश सभा चुनावको मिति घोषणा भएको बेला राजनीतिक विचार अघि सारी पुस्तक सार्वजनिक भएको हो ।

कार्यक्रममा मिश्रले संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र, कल्याणकारी (सामाजिक) लोकतन्त्रका विषय पुस्तकमा उल्लेख गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077