Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जंगली मृगको चोरी सिकार गर्ने एकजना पक्राउ

    जंगली मृगको चोरी सिकार गर्ने एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 627
    SHARES

    फाइल तस्विर

    नवलपरासी पश्चिम । जंगली मृग (हरिण) को चोरी सिकारी गर्ने एकजना पक्राउ परेका छन् ।

    मंगलबार बिहान सुस्ता गाउँपालिका–४ गोकुलनगर बस्ने ४३ वर्षीय मैनुदिन मुसलवानलाई मृग (हरिण) मारेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।



    अवैध रूपमा पोथी जातको मृग मारेर ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी नर्सहीबाट खटिएको गस्तीले सुस्ता गाउँपालिका–४ तेह्र नम्बर ठोक्करमा मृत मृगसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    हाल फरार रहेका अन्य दुई जनाको खोजीकार्य भइरहेको छ । भने घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार