Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार रुखमा ठोक्किँदा दुर्घटना : दुई जनाको मृत्यु, चारजना घाइते

झापा । झापाको शिवसताक्षीमा कार दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

मृत्यु हुनेमा कार चालक सप्तरी जिल्ला लेगडा–५ बस्ने ४४ वर्षीय बलराम यादव र सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१० की ३० वर्षीया गीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ९१०८ नम्बरको कार अनियन्त्रित भई सडक किनारको बरको रुखमा ठोकिँदा सो घटना भएको प्रहरीले जनाएको छ ।

कार दुर्घटना हुँदा कारमा सवार सबैजना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको थियो ।

जसमध्ये दुई जनाको मृत्यु भएको र बाँकी चार जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077