Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उपत्यकामा मंगलबार ३५ सयभन्दा बढी सवारी चालकमाथि कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५३२ जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा मंगलबार उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९ जना, लेन अनुशासन पालना नगर्ने ६९, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १७९ र नम्बर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन्।

यस्तै ३ हजार १५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077