Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस नेता विमलेन्द्र निधिको ट्वीट - राष्ट्रपतिको कदम संविधानमाथिको प्रतिगमनकारी प्रहार

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपतिको कदम संविधानमाथिको प्रतिगमनकारी प्रहार भएको बताएका छन् ।

एक ट्वीट गर्दै निधिले संसदले नागरिकता विधेयक पारित गरेको अवस्थामा राष्ट्रपतिले प्रमाणित नगर्नु ठुलो दुर्घटना भएको बताएका हुन्।

उनले लेखेका छन्,'राष्ट्रिय एकता र सामाजिक स्थीरतालाई विथोली द्वन्द सिर्जना गर्ने यो अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ।'

दोस्रो पटक प्रमाणिकरणका लागि पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका माथि प्रतिगमनकारी प्रहार गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077