Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल सबै देशसँग मित्रता राख्न चाहन्छ, कुनै पनि सैन्य गठबन्धनमा भाग लिँदैनौँ : राष्ट्रपति भण्डारी

    नेपाल सबै देशसँग मित्रता राख्न चाहन्छ, कुनै पनि सैन्य गठबन्धनमा भाग लिँदैनौँ : राष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको परराष्ट्र नीति असंलग्नतामा आधारित रहेको बताएकी छन् । चाइनिज पिपुल्स एसोसियसन फर पिस एन्ड डिसआर्मामेन्ट (सीपीएसपीडी) द्वारा आयोजित कार्यक्रममा बुधबार दिउँसो भिडियोमार्फत सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    राष्ट्रपति भण्डारीले नेपालले पञ्चशीलमा विश्वास गर्ने र राष्ट्रहरूबीच विवाद भएमा त्यसलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखिन् ।



    ‘नेपाल सबै देशसँग मित्रता राख्न चाहन्छ। हामी असंलग्नता, पञ्चशीलको सिद्दान्त र पारस्परिक लाभमा आधारित विदेश नीतिमा विश्वास राख्छौँ । कुनै पनि सैन्य गठबन्धनमा भाग लिँदैनौँ,’ उनले भनिन् ।



    नेपालले सदैव निशस्त्रिकरणमा जोड दिँदै आएको बताउँदै आणविक तथा आम विनाशकारी हतियारको होडबाजी रोकिनुपर्ने उनले बताइन् ।

    राष्ट्रपति भण्डारीले नेपाल विकासशील मुलुकको रुपमा स्तरोन्नति हुने क्रममा रहेको र दीगो विकासमा उल्लिखित लक्ष्य प्राप्त गर्ने यी दुईवटा विषयमा योजना नै बनाएर अग्रसर भइरहेको बताएकी थिइन् ।

    चीनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति भण्डारीलाई उक्त कार्यक्रममा सहभागी हुनका लागि पत्राचार गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार