Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज एमाले प्रवेश गर्दै पूर्वआईजीपी सर्वेन्द्र खनाल

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् ।

एमालेबाट निर्वाचन लड्न टिकट नै लिनेगरी उनी पार्टी प्रवेश गर्न लागेको बताइएको छ । खनाल काठमाडौं वा तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्न लागेका हुन् ।

प्रहरीमा बहालमा रहँदा खनालको निकै लोकप्रियता रहेको थियो । खनालले बुधबार अध्यक्ष ओलीसँग बालकोटमा भेट गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077