Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतबाट फर्किएकै दिन श्रीमतीको हत्या, छोरी गम्भीर घाइते

कैलाली । कैलालीमा श्रीमान्ले धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका ५ मा पतीले पत्नी ललिता नामजाली मगरको हत्या गरेका हुन् ।

बुधबार मात्रै भारतबाट फर्किएका वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले श्रीमतीको धारिलो हतियार प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

यस्तै धारिलो हतियार प्रहारबाट छोरी लक्ष्मी नामजाली मगर पनि घाइते भएकी छन् । उनको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ ।

हिजो मात्रै भारतबाट फर्किएका उनले आज बिहान घटना घटाइ फरार भएका छन् । के कारण हत्या गरेका हुन् भन्ने खुलेको छैन । शेरबहादुरको खोजी कार्य भइरहेको छ । यस्तै घटनाको अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077