Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रदेशको समानुपातिकतर्फको मतपत्र छपाइ सकियो

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने चुनावका लागि प्रदेशको समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ ।

आयोगले प्रदेशको समानुपातिकतर्फको २१ लाख नमुना मतपत्र पनि छपाइ सकिएको जनाएको छ ।

प्रदेश १ का लागि ३८ लाख १३ हजार, मधेस प्रदेशका लागि ३७ लाख ९३ हजार, बागमती प्रदेशका लागि ३८ लाख ९३ हजार गण्डकी प्रदेशका लागि २० लाख ४२ हजार, कर्णालीका लागि ११ लाख ३६ हजार मतपत्र छपाइ सकिएको जनाएको छ ।

त्यस्तै, लुम्बिनीका लागि ३६ लाख ४९ हजार र सुदूरपश्चिम प्रदेशका लागि १८ लाख ५८ हजार छपाइ भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी ८ करोड मतपत्र छाप्ने जनाएको छ ।

गत २० असोजबाट जनक शिक्षा सामग्री केन्द्रमा समानुपातिकतर्फको मतपत्र छाप्न सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077