Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल–भारत जलस्रोत समितिको नवौँ बैठक

    पञ्चेश्वर आयोजनाको डीपीआर टुंग्याउन गठित विज्ञ समूहको कार्यावधि थप्ने सहमति

    पञ्चेश्वर आयोजनाको डीपीआर टुंग्याउन गठित विज्ञ समूहको कार्यावधि थप्ने सहमति

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 774
    SHARES

    काठमाडौं । नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप प्रदान गर्न गठित विज्ञ समूहको कार्य अवधि आगामी सन् २०२३ मार्च महिनासम्म थप्ने सहमति भएको छ ।

    शुक्रबार काठमाडौंमा सम्पन्न नेपाल–भारत सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक र संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठकमा यस विषयमा समहति जुटेको हो । साथै, विज्ञ टोलीको चौथौं बैठक सकेसम्म चाँडै गर्न सहमति जनाइएको छ ।



    सन् २०२२ अप्रिलमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी नेपाल–भारत संयुक्त भिजन जारी गरिएको थियो । देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले आ–आफ्ना देशका सम्बन्धित अधिकारीलाई परियोजनाको प्रतिवेदन यथासक्य चाँडै तयार पार्न निर्देशन दिएका थिए ।



    यस्तै माथिल्लो तटीय परियोजना, परियोजनाको जलमग्न क्षेत्र साथै सामाजिक, वातावरणीय तथा प्राविधिक पक्षलाई समेत ध्यानमा राखेर सप्तकोशी उच्च बाँध परियोजनालाई थप अध्ययन गरी अगाडि बढाउन नेपाल र भारतबीच सहमति भएको छ।

    दुवै बैठकमा नेपाल र भारतकाबीच जलस्रोतका क्षेत्रमा भएका सहकार्यबारे बृहत छलफल हुनुका साथै महाकाली सन्धिको कार्यान्वयन, सप्तकोशी परियोजना र बाढी तथा डुबान नियन्त्रणमा भएका सहकार्यबारे छलफल भएको छ । डुबान तथा बाढी व्यवस्थापन संयुक्त समिति, कोशी तथा गण्डकी संयुक्त समितिलगायतका द्विपक्षीय समितिले गरेका प्रगतिबारे पनि बैठकमा छलफल भयो।

    नेपाललाई सिंचाइ, बाढी व्यवस्थापन, डुबान नियन्त्रण, नदीको बाँध निर्माण लगायतका क्षेत्रमा सहयोग गरेकोमा नेपाली पक्षले भारतको सराहना गरेको छ। भारतीय पक्षले दुई देशबीचको अद्वितीय सम्बन्ध र आपसी हितका लागि जलस्रोतको उचित व्यवस्थापन र उपयोगको महत्त्वबारे उल्लेख गरेको थियो।

    बैठकपछि भारतका जलस्रोत सचिव पंकज कुमारले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेटवार्ता गरे । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार