Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिंहदरबारमा नेपाल र भारतबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

    सिंहदरबारमा नेपाल र भारतबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 483
    SHARES

    काठमाडौं । नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।

    नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन्।



    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको छ ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए ।

    नेपाल र भारतबिच १० हजार मेगावाट बिजुली किनबेच गर्ने सम्झौताले अन्तिमरुप पाएपछि भने बिजुलीलाई वस्तु जस्तै किनबेच गर्न सकिनेछ ।

    हाल नेपालबाट भारततर्फ साढे ६ सय मेगावाट बिजुली निर्यात हुँदै आइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार