Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

घरायसी विवाद : लोहोरोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको शितगंगा नगरपालिका-३, ठाडाका ५४ वर्षीय पिताम्बर भुसालले घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरो हानेर ५० वर्षीया श्रीमती मनकलाको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरमा पटक पटक झगडा हुने गरेको पाइएको छ ।

पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको बताइएको छ । मनकलाको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077