Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुख अग्निको वैधतामाथि तिमिल्सिनाले उठाए प्रश्न, निर्णय कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाको वैधताबारे प्रश्न उठाएका छन् । सापेकाटाले सभामुखको हैसियतमा गरेका निर्णयहरूमाथि उनले प्रश्न उठाएका हुन् ।

आइतवार संघीय संसद् सचिवालयका महासचिवलाई पत्र लेख्दै उनले सापकोटाले असोज ५ सभामुखको हैसियतमा गरेको निर्णय कार्यान्वयन नगराउन निर्देश गरेका छन् ।

तिमिल्सिनाले यसअघि सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेखेका थिए । जवाफमा आयोगले उनीहरूको र प्रतिनिधि सभाको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको थियो । पत्रमा असोज ५ गते सभामुख सापकोटाको अध्यक्षमा बसेको संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन नगर्न आग्रह गरिएको छ ।

असोज ५ गते सभामुख सापकोटाको अध्यक्षमा बसेको व्यवस्थापन समितिको बैठकले गत पुसदेखि संसद सचिवालयमा हाजिर भएर काम गरिरहेका उपसचिवहरु सुशीला आचार्य र नुमराज खनालको नाम अनुमोदन गरेको थियो । भने संसद सचिवालयका कार्यरत कर्मचारीको नियुक्ति तथा बढुवालाई समेत अनुमोदन गरेको थियो ।

यस्तै सोही बैठकले अध्ययनका लागि विदेश गएका सहसचिव झलक शर्मा सापकोटा, उपसचिव सिंहराज रुम्बा अधिकृतहरु मेघराज अर्याल र भानु पोखरेलले अध्ययन बिदा पनि स्वीकृत गरेको थियो । उक्त बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित थिएनन् ।

'मिति २०७९/०६/०५ गते दिनको १ बजे संघीय संसद सचिवालयको सचिवालय तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन उपयुक्त नदेखिएको सम्माननीय अध्यक्षज्यूबाट निर्देश भएकाले सोही बमोजिम गर्नु गराउनु हुन निर्देशानुसार अनुरोध छ,' राष्ट्रियसभाका अध्यक्षको निजी सचिवालयले संसद् सचिवालयलाई लेखिएको पत्रमा भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077