Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भूकम्पबाट क्षति पुगेका ७ हजार सामुदायिक विद्यालय पुनर्निर्माण

काठमाडौं । सरकारले भूकम्पबाट क्षति पुगेका ७ हजार बढी समुदायिक विद्यालयको पुनर्निर्माण गरेको छ । गत २०७२ सालको भूकम्पबाट क्षति पुगेका विद्यालयमध्ये सरकारले ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्पन्न गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत एक वर्षमा सामुदायिक विद्यालयमा करिब ६ हजार कक्षाकोठा निर्माण गरेको जनाएको छ । मन्त्रालयले गत २०७२ सालको भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ८३ ओटा विद्यालयमध्ये गत आर्थिक वर्षमा थप ६ सय ६१ वटा विद्यालयको निर्माण कार्य सम्पन्न गरेको हो । योसँगै हालसम्म ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्पन्न भएका हुन् ।

शिक्षा मन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ मा ५ हजार ९ सय ८० वटा सामुदायिक विद्यालयका कक्षाकोठा निर्माण भएको जनाएको छ ।मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा २ हजार १ सय ८१ विद्यालयमा डिजिटल पुस्तकालय तथा आईटी ल्याबको व्यवस्थापन गरिएको जनाएको छ ।

यस्तै, १ हजार १२ वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ ।शिक्षा मन्त्रालयले शिक्षक अस्पताल निर्माणको कामसमेत अघि बढाएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको र अहिले चितवन जिल्लामा अस्पताल निर्माण गर्न जग्गा प्राप्तिको काम भइरहेको बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077