Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

शेखर समूहको बैठक : १२ गते पार्टी केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिने निर्णय

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका विद्रोही नेताहरुको भेलाले पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरेको छ ।

सोमबार बसेको शेखर समूहको बैठकले १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ । पार्टीमा ४० प्रतिशत सिट मागिरहेको कोइराला समूहका नेताहरुले समानुपातिक उम्मेदवार चयनमा सभापति शेरबहादुरले एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोध गर्दै आएका छन् ।

आगामी निर्वाचनका लागि टिकट वितरणमा सभापति देउवाको भूमिकाप्रति प्रश्न उठाउँदै कोइराला समूहका दोस्रो तहका नेताहरु निरन्तर विद्रोही भेला र कार्यक्रम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077