Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रदेशतर्फ समानुपातिकको मतपत्र छपाइ सकियो, प्रतिनिधि सभाको छापिदैँ

काठमाडौं । प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगका अनुसार दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको हो ।

अब प्रतिनिधि सभातर्फ समानुपातिक मतपत्र छपाइ जारी राखिएको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ गरिएको हो।

आयोगले करिब चार करोड मतपत्र छपाइ गर्दैछ। अहिलेसम्म प्रतिनिधि सभातर्फ करिब ६० लाख ६५ हजार मतपत्र छपाइ गरिसकिएको छ।

असोज २५ गतेभित्र यो काम सक्ने गरी मतपत्र छपाइलाई जारी राखिएको छ । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077