Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विवेकशील परित्याग गरेका मिश्र बुधबार राप्रपा प्रवेश गर्दै

काठमाडौं । विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपाले मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको हो ।

मिश्रलाई पार्टीमा भित्र्याउन राप्रपाले बुधबार एकताको घोषणासभा आयोजना गरेको छ ।

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न बुधबार राजधानीमा कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।

वरियता भने हाल राप्रपाका रहेका उपाध्यक्षहरुभन्दा पछाडि हुनेगरी सहमति भएको छ । मिश्रसँगै राजावादी पक्षधर विवेकशीलका नेताहरु राप्रपामा प्रवेश गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077