Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

विवेकशील साझा छाडेका मिश्रले भने - गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो

काठमाडौं । विवेकशील साझा पार्टी त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्न लागेका रवीन्द्र मिश्रले देश परिर्वतन गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन्।

बुधबार काठमाडौंमा हुने एकता घोषणा सभाको निमन्त्रण गर्दै उनले देश परिवर्तन भएको हेरेरै मर्ने बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘यसबीच संवाद हुन नसकेका कयौँ साथीहरूलाई म मात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको देखियो। त्यसो होइन। यो वैचारिक ध्रुवीकरणमा इच्छुक सबै साथीहरू सहभागी हुन सक्छन्।’

केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू भएपछि तहगत मिलानका लागि एउटा समिति पनि बन्ने उनले बताए। बृहत् शक्ति निर्माणमा संलग्न हुन चाहनेलाई आफूसँग आउन उनले आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077