Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिट बाँडफाँट टुग्याउन अन्तिम कसरत भइरहेको छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट टुग्याउने अन्तिम कसरत भइरहेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन् ।

महतले भने, 'निर्वाचनमा पाँच दलीय गठबन्धनको बाँडफाँटलाई अन्तिम रूप दिने काम भइरहेको छ।

आजभोलि नै टुगों लाग्छ। प्रत्यक्ष तर्फको उम्मेदवार छनौट गर्नुपर्नेछ। पार्टीले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनौट हुन्छ।'

महतले निर्वाचनमा पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटलाई अन्तिम रूप दिने काम भइरहेको बताए। उनले आजभोलि नै बाँडफाँट टुंगो लाग्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077