Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेसको केन्द्रीय प्रचार-प्रसार समितिको संयोजकमा प्रवक्ता महत मनोनित

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार-प्रसार समिति’को संयोजकमा मनोनित भएका छन् ।

महतलाई पार्टीका सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम संयोजकमा मनोनयन गरिएको कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जारी प्रेस विज्ञप्तिमा भनिएको छ,'नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतलाई “प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति” को संयोजकमा मनोनयन गर्नु भएको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077