Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आज राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दै रवीन्द्र मिश्र

काठमाडौं । नेता रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्दैछन् ।

उनको प्रवेशका लागि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधवार दिउँसो १ बजे राप्रपाले कार्यक्रम आयोजना गरेको छ ।

राप्रपा प्रवेश गर्नुअघि नेता मिश्रले वैचारिक ध्रुवीकरणमा सहभागी हुन सबैमा आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा मंगलवार एक स्टाटस लेख्दै मिश्रले आफू एक्लै राप्रपाको एकता प्रक्रियामा जान लागेको नभई सबै सहभागी हुनसक्ने जनाएका छन् ।

एकताका क्रममा मिश्रले राप्रपाको सहअध्यक्ष माग गरेका थिए । राप्रपा नेतृत्व त्यसका लागि तयार भएपछि मिश्र आफ्ना समर्थक लिएर राप्रपा प्रवेश गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077