Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसको दाबी - युक्रेनका ४ भू–भागमा गरेको जनमत सङ्ग्रह गाभिने पक्षमा आयो

एजेन्सी । युक्रेनका चार वटा क्षेत्रमा गरिएको जनमत सङ्ग्रह गाभिने पक्षमा मत आएको रुसले दाबी गरेको छ ।

गाभिने वा युक्रेनमै रहने भनेर रुसले ५ दिन लगाएर चार वटा भू–भाग दक्षिण पूर्वी लुहान्स्क, डोनेट्स्क, जापोरिजिया र खेअर्सनमा जनमत सङ्ग्रह गरेको थियो । ती चार वटा क्षेत्र युक्रेनबाट अलग हुने हो भने युक्रेनले कुल क्षेत्रफलको १५ प्रतिशत भू–भाग गुमाउनेछ ।

जापोरिजिया र लुहान्स्कमा ९३ प्रतिशत मत गाभिने पक्षमा खसेको रुसको दाबी छ । त्यस्तै खेअर्सनमा ८७ प्रतिशत र डोनेट्स्कमा ९२ प्रतिशत युक्रेनबाट अलग्गिने पक्षमा आएको रुसी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

युक्रेनले यो जनमत सङ्ग्रहलाई अवैध भन्दै कुनै अर्थ नभएको टिप्पणी गरेको छ । गएको शुक्रवारदेखि सुरु भएको मतदान हिजो सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077