Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्रले भने - देशले संघीयता धान्न सक्दैन, राजसंस्था नै उपयुक्त छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले संघीयता देशले धान्न नसक्ने बताएका छन् ।

बुधबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टीका पूर्व संस्थापक अध्यक्ष समेत रहेका मिश्रले यस्तो बताएका हुन् ।

मिश्रले यो देशमा बढेको विकृतिको जडलाई तोड्न राप्रपाले बोकेको एजेण्डा सहि भएको बताए ।

उनले ठुला भनिएका राजनीतिक पार्टीहरुले दशकौंदेखि देशमा भ्रष्टाचार, वेथिती र समाजमा अत्याधिक राजनीति भित्र्याएर जडता लादिएको बताए ।

मिश्रले भने ‘हाम्रो जस्तो राजनीति भएको देशमा संघीयता चाहिँदैन, आर्थिक हिसाबले पनि थेग्न सकिँदैन ।’

उनले संघीयता धान्न नसक्ने भन्दै राजसंस्था नै देशका लागि उपयुक्त हुने बताए ।उनले ठुला पार्टीले देशका लागि राजनीति नभएकै कारण स्रोत साधन भएको देश बिग्रिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077