Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूरा भयो एन्फा कार्यसमिति, रुपेश र दीपेन्द्र विजयी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।

एन्फाको बुधवार बसेको विशेष साधारण सभामा भएको पुन: निर्वाचनबाट रुपेश र दीपेन्द्र निर्वाचित भएका हुन् ।

सदस्यमा निर्वाचितमध्ये रुपेश एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहका हुन् । दीपेन्द्र भने अध्यक्ष पंकज विक्रम नेम्बाङ समूहका हुन् । रुपेशले ५४ मत प्राप्त गरे भने दीपेन्द्रले ४७ मत प्राप्त गरे ।

सदस्यकै प्रत्यासी लोकेन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077