Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

६० प्रतिशत कृषक रहेको देशमा हलो बोक्न कुनै लाज छैन : वीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले आफुलाई तराजु छोडेर हलो बोक्न कुनै लाज नहुने बताएका छन् ।

बुधबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टीका पूर्व संस्थापक अध्यक्ष समेत रहेका मिश्रले यस्तो बताएका हुन् ।

उनले देशमा ६० प्रतिशत नेपाली जनता कृषि कर्ममा हलो बोक्ने भएकाले आफुलाई पनि तिनै किसानको हलो बोक्न कुनै लाज नहुने बताए ।

मिश्रले भने ‘यो देशमा ६० प्रतिशत मानिस कृषक छन् । ६० प्रतिशत कृषक रहेको देशमा मलाई पनि हलो बोक्न कुनै लाज छैन ।’

उनले आफु पार्टीमा पदको झगडा गर्न नआएको भन्दै मुलुकलाई रुपान्तरण गर्ने अठोटका साथ आएकाले परिवर्तन गरेरै छोड्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077