Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रवीन्द्र मिश्र काठमाडौं-१ बाटै चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)प्रवेश गरेका रवीन्द्र मिश्रले यसपटक पनि काठमाडौं क्षेत्र नम्बर-१ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन्।

मिश्रले शुक्रबार औपचारिक रुपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय गरेका छन्। दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्रनम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए। राप्रपामा समाहित भएकोले यसपटक भने मिश्र हलो चिह्नमा चुनाव लड्दैछन्।

विवेकशील साझा पार्टी छोडेपछि मिश्रसहितको समूह बुधबार मात्रै राप्रपामा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077