Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

वीरगञ्जबाट अवैध लागूऔषध सहित ५ जना पक्राउ

पर्सा । वीरगञ्जबाट प्रहरीले अवैध लागूऔषध सहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा घर भएका २६ वर्षीय उत्तम आचार्य, २० वर्षीय अरुण राई, काठमाडौंको चन्द्रागिरी घर भएका सुविन श्रेष्ठ, भारतीय नागरिक ओम प्रकाश महतो र बारा घर भएका प्रदिप बोहरा क्षेत्री छन् ।

वीरगञ्ज–१४ स्थित गण्डक सडक खण्डबाट ना.१ घ २८२३ नम्बरको ई–रिक्सामा सवार उनीहरुको साथमा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आरोपीहरुको साथबाट निट्जाकेयर ट्याब्लेट ३०० वटा, डाइजेपाम १७ सय पिस, फेनारगन १७ सय पिस र नुर्फिन १७ सय पिसा बरामद गरेको छ ।

आरोपीहरुबिरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077